नेपाली भूमि कब्जा गर्ने भारतीय प्रयास, जग्गाधनी पूर्जा भएकै जमिनमा खेतीपाती लगाउन रोक

पप्पु गुरुङ्ग

दोधारा, २० जेठ । दोधारा चाँदनीको जामुनाघारीमा भारतीय पक्षले जग्गा अतिक्रमण कार्य अघि वढाएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी स्थित नेपाल–भारत सीमा स्तम्भ नं. १४ नजिक भारतीय हरुले वृक्षारोपण गर्ने क्रममा नेपाली भूमिमा वृक्षारोपण कार्य हिजोबाट अघि बढाएपछि स्थानिय तथा जनप्रतिनिधीहरुले रोकेका छन् ।

उनिहरुले वृक्षारोपणको लागि तारवार गर्न लगाईएका पोल समेत सशस्त्र प्रहरीले उखालेर फालेका थिए । भारतीय वन विभागले उक्त क्षेत्रमा झण्डै २ सय बिघाह चरिचरन क्षेत्रमा वृक्षारोपण कार्य गर्न लागेको हो ।

भारतीय पक्षहरुले झण्डै ५ बिघाह चरिचरन क्षेत्र आफ्नो बताउँदै वृक्षारोपण गर्न थालेपछि स्थानियहरु तथा जनप्रतिनिधीको विरोधका बाबजुत नेपाली भूमि जग्गामा वृक्षारोपण गर्ने कार्य रोकिएको हो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडा नं. ३ का वडाध्यक्ष हरसिंह धनाडी, नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य राजिव खड्का, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निारिक्षक चन्द्र देब भट्ट सहितको टोली सीमाक्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरसिंह धनाडीले हिजो बिहानबाट भारतिय बन बिभागले नेपाली भूमि वृक्षारोपणको लागि खम्बा गाड्दै गरेको अवस्थामा स्थानिहरुको सहयोगमा उक्त कार्य रोक्ने काम भएको बताएका छन् । चरिचरनको रुपमा रहेको झण्डै ५ बिघाह नेपाली भूमिलाई भारतीयहरुले वृक्षारोपण गर्ने तयारीमा रहेको उनले बताएका छन् ।

‘उनिहरुले नेपाली भूमिमा वृक्षारोपण गर्नको लागि खम्बा गाड्ने कार्य अघि बढाएका थिए । हामीले रोक्यौ’ दोधारा चाँदनी नगरपालिका वडा नं.३ का नवनिर्वाचित वडाध्यक्ष हरसिंह धनाडीले भने । जामुनाघारीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय वन विभागले ठूलो मात्रामा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ् ।

भारतीयहरुले सीमा क्षेत्रमा रहेको जामुना आधारभुत विद्यालयलाई समेत आफ्नो देशको विद्यालय भन्न थालेको स्थानियहरुले बताएका छन् ।

जामुनाघारीको सीमा क्षेत्रमा हिजो बिहान देखि भारतीय पक्षले नेपाली भूमि कब्जा गर्ने प्रयास भईरहदा दोधारा चाँदनी नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देीस्थानको टोली मध्यरात सम्म उक्त क्षेत्रमा गस्ती बढाएको सुरक्षा श्रोतले जनाएको छ् ।

भारतीइहरुले सीमा क्षेत्रमा रहेको भूमिमा वृक्षरोपण गर्न प्रयास गर्दै गर्दा सो क्षेत्र तनाव श्रजना भएको एक स्थानियहरुले बताएका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरिक्षक चन्द्र देब भट्टले नेपाली भूमि भारतीयहरुले गाडेको ७ वटा पोल (खम्बा) उखेलेर फालेको बताएका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरिक्षक भट्टका अनुसार हिजै देखि उक्त क्षेत्रमा बिशेष निगरानी बढाउनुका साथै रिर्पोटिङ कार्य अघि बढाएका बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सीमा क्षेत्रको अवस्था बुझ्न जामुनाघारी पुगेर स्थालगत अनुगमन गरेका छन् ।

नगर प्रमुख लिम्बुले भारतीयहरुले सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गर्ने प्रयास भएकोमा आफुले कञ्चनपुर प्रमुख जिल्ला अधिकारीलाई सीमामा देखिएको समस्या हल गर्न बोलाएको बताए ।

दुवै देशका सुरक्षा अधिकारी तथा जनप्रतिनिधीहरुलाई एकै स्थानमा राखेर सीमा समस्या हल गर्ने आफुले प्रयास गरेको नगर प्रमुख लिम्बुले बताएका छन् ।

यस अघि दोधारा चाँदनी नगरपालिकाको वडा नं। ८ सुन्दरनगरमा समेत जग्गा बिबाद भएको थियो । खुला सीमा क्षेत्र त्यसैमा कमजोर र हराएको सीमा स्तम्भको कारण दोधारा चाँदनी नगरपालिकामा बेलाबखत सीमा क्षेत्रमा जग्गा विवाद हुँदै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here