प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० जेठ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य शुक्रबार बढ्दै प्रतितोला १२ सय ९० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here