बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं, २० जेठ । बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

पहिलो दिन साँझ ५ बजेसम्ममा २ लाख ९९ हजार ५१६ जना सर्वसाधारण आवेदकले ३६ लाख ७४ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।

यो माग भन्दा १.६९ गुणाले बढी हो । विन्ध्यवासिनीले भने सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो ।

कुल १५ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here