राष्ट्रपतिको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, सकियो जात्रा

काठमाडौं, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ ।

उक्त जात्रामा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी सहभागि रहेका थिए ।

भोटो हेर्न र रथको दर्शन गर्न हजारौँ व्यक्ति जावलाखेल थिए ।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको थियो । त्यसको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्‍याइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here