भैरहवा जाँदै गरेको बस रोहिणी पुलबाट खस्दा ९ जनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा यात्रुवाहक दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको हो ।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ३८४१ नम्बरको बस आज बिहान करिब साढे ४ बजे रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार ३३ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here