संसदमा बजेटको मन्त्रालयगत छलफल आजबाट

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभामा आजबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटको मन्त्रालयगत छलफल प्रारम्भ हुने भएको छ । बजेटबारेको सैद्धान्तिक छलफल सकिएको छ । संसद सचिवालयका अनुसार सोमबारबाट मन्त्रालयगत छलफल हुनेछ ।

सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित गरिने छ ।

विनियोजन र आर्थिक विधेयक असार मसान्त भित्र पास हुने र १ साउनबाट कार्यान्वयनमा जाने प्रावधान रहेको छ । सरकारले आगामी आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here