काठमाडौं महानगरको कलसेन्टर सञ्चालनमा, १६६००१ ०५५११ मा फोन गर्न सकिने

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) संचालनमा ल्याएको छ।

महानगर प्रमुख बालेन साहले गत जेठ १६ गते पहिलो कार्यपालिका बैठकबाट ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय गराएका थिए।

निर्णय कार्यान्वयन गर्दै राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो।

योसँगै अब महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here