फोहोर बोकेका गाडीलाई बन्चरेडाँडामा स्थानीयको अवरोध, सम्झौता नमान्ने अडान

फाइलफोटो

काठमाडौं, २४ जेठ । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सोमबार साँझ काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गर्दै अवरोध गरेका हुन् ।

सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले रोकेका हुन् ।

यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरुले गरेका छन् । सोमबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि सहमतिको प्रयास भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here