नबिल बैंकले काठमाडौं शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

काठमाडौं, २५ जेठ । नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।

बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो।

सम्झौता अनुसार सर्वसाधारणले नबिल बैंकका १८ काठमाडौंका शाखामा सार्वजनिक शौचालय सञ्चालन, कार्यालय समयभर निस्शुल्क प्रयोग गर्न पाउनेछन् ।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर बैंकमा सर्वसाधारणले निस्शुल्क शौचालय गर्न पाउनेछन्।

त्यस्तै कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निस्शुल्क शौचालय गर्न पाउनेछन्।

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ । शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन । यो सम्झौता ५ वर्षको हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here