पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठन

काठमाडौं, २५ जेठ । अर्थमन्त्रालयको अग्रसतामा सेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन भएको छ ।

अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।

अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा उक्त जानकारी गराएका हुन् ।

अर्थमन्त्रीले हाल सेयर बजार सुधारको लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायत चार सदस्य सुधार समिति गठन गरेको समेत जानकारी दिएका छन्। समितिमा सेबोनको कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट उपसचिव, राष्ट्र बैंकबाट एक जना अधिकारी र धितोपत्र बोर्डबाट एक जना सदस्य हुने बताइएको छ।

सो समितिले दिएका सुझावहरुका आधारमा सम्बन्धीत निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरिएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिबाट सेयर धितो कर्जामा आगामी साउनदेखि एकल ग्राहक कर्जा सीमा लागु हुने व्यवस्था गरेको छ।

यसअनुसार एकल ग्राहकले एउटा बैंकबाट बढीमा चार करोड र सबै संस्थाबाट १२ करोड मात्र कर्जा लिन सकिने व्यवस्था गरेको छ। असारसम्म यो सीमामा कर्जा ल्याउनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here