शेयर बजार सुधारको संकेतले लगानीकर्ता उत्साहित, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं, २५ जेठ । पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै बजारमा उछाल आएको छ ।

अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।

योसँगै साताको कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ६०.२२ अंकले बढेर २८८०. ४४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

फाइनान्स समूह सबैभन्दा धेरै ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, होटल, व्यापार लगायत ९ समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उच्च अंक्ले बढेको बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर र कालिका लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, तेह्रथुम पावर ९.४४, उन्नति सहकार्य लघुवित्त ९.२८, सगरमाथा इन्स्योरेन्स, रुरु जलविद्युत्, समिट लघुवित्त, स्वाभिमान लघुवित्त, गुँरास र लघुवित्त र सिंगटी हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर, वरुण हाइड्रोपावर, गोर्खा फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज यस्तै, युनाइटेड मोदी, किसन लघुवित्त, प्रिमियर इन्स्योरेन्स, गुह्येश्वरी मर्चेन्ट बैंक, माच्छापुच्छे बैंक, कालिका लघुवित्त, गोर्खा फाइनान्स र सनराइज बैंकको शेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here