प्रदेश १ र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम, के-के परे उच्च प्राथमिकतामा (पूर्णपाठ)

काठमाडौं, २५ जेठ । लुम्बिनी प्रदेश सरकार र प्रदेश १ ले मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रमममा पुराना योजनालाई निरन्तरता दिइने उल्लेख छ भने अधिकांश साना योजनालाई अघि सारिएको छ। समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने संकल्पसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, रोजगारीलाई प्राथमिकता दिइएको छ।

प्रदेश प्रमुख शेरचनले प्रदेशको गौरवको आयोजनाका रुपमा प्रादेशिक राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुकमार्गका रुपमा अघि बढाउने उल्लेख गरेका छन्।

त्यस्तै प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ ।

यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचयपत्रलाई अनिवार्य गर्दै लाने, स्थानीय तह, कृषि सहकारी र नीजि क्षेत्रको सहकार्यमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने लगायत उल्लेख छ ।

प्रदेश १ को नीति तथा कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here