विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १७ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, २५ जेठ । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ भर्ने मिति सकिएको छ । सीडीएसका अनुसार बुधबार अन्तिम दिनसम्म २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

साँझ ५:३० बजेसम्ममा १८ लाख ४५ हजार ६७ जनाले २ करोड १९ लाख ३५ हजार १० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.०६९ गुणा बढी आवेदन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here