लगानीकर्ताको उत्साह एकदिन पनि टिकेन्, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २६ जेठ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुभवार पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको थियो

अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै उछाल आएको बजार आजफेरि ओरालो लागेको छ ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ भने विकास बैंक समूह पनि २ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरधनीले सबैभन्दा धेरै ६.६१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सिंगटी हाइड्रोपावर ५.३४, समिट लघुवित्त ५.०३, इमर्जिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

त्यस्तै, सामलिङ पावर, किसान लघुवित्त, गुडविल फाइनान्स, नेपाल फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रलरी ४ करोड र अरुण काबेली झन्डै ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here