अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

काठमाडौं, २६ जेठ । अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वरको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसँग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तरसम्म पुर्याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बीमा क्षेत्रको विकास र विस्तार गर्न उक्त सम्झौता गरेको खत्रीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here