महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

काठमाडौं, २६ जेठ । काठमाडौँ महालक्ष्मी विकास बैंक लिमिटेड र पोखरा अवस्थित अन्नपूर्ण केबुलकारबीच एक सम्झौता भएको । बैंकले आफ्ना ग्राहकहरूलाई केबुलकार सेवामा छुट दिनको लागि केबुलकारसँग उक्त सम्झौता हो ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।

सम्झौतामा उल्लेख भएअनुसार महालक्ष्मी विकास बैंकका आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड, क्युआर(स्क्यान पे) तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिएबापत आकर्षक छुट प्राप्त गर्न सक्नेछ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

ग्राहकवर्ग एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिजा इएमभि चिप्स बेस ट्रावल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरीसकेको छ । समग्रमा चिप्स बेस ट्रावल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here