बढ्यो पेट्रोलियम पदार्थको मूल्य,डिजेल र मट्टितेल थप १२ रुपैयाँ महंगो

काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ।

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ।

एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ। डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढाएको छ। मूल्यवृद्धिसँगै डिजेलको भाउ १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

न्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here