अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२४ रुपैयाँ ७४ पैसा

काठमाडौं, २७ जेठ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ १३ पैसा छ । यसअघि विहीवार एक अमेरिकी डलरको मूल्य १२४.६८ पैसा तोकिएको थियो ।

गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो। केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो। यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here