फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

फाइलफोटो

काठमाडौं, २७ जेठ । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।

यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.५ प्रतिशतले वृद्धि गरेको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३ .७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।

विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ। आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here