मुकुन्द रिजालको प्रश्न-ढल र खानेपानीको काम महानगरले गर्ने पैसा चाँही केन्द्र सरकारलाई किन ?

फाइलफोटो

काठमाडौं, २९ जेठ । काठमाडौ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भनि प्रश्न गरेका छन् ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा बोल्दै रिजालले यस्तो प्रश्न गरेका हुन्। महानगरलाई खानेपानी संस्थान र ढल निकासबाट पैसा फिर्ता आउनुपर्ने उनले बताए।

ढल र खानेपानीको काम महानगरले गर्ने अनि पैसा चाँही केन्द्र सरकारलाई किन दिने भन्दै उनले प्रश्न गरे।

‘खानेपानी संस्थान तथा ढल निकास भन्ने छ। धारा जोड्दा ५० प्रतिशत त्यहाँ बुझाउनुपर्ने छ, त्यो पैसा आधा महानगरमा फिर्ता हुने कि नहुने , यदि नहुने हो भने महानगरले किन जिम्मा लिने’, उनले भने,‘आजै महानगरले पत्र लेखेर कि पैसा दिनुस् नत्र ढल बनाउँ भन्नुपर्छ।’

फोहर बुझाउने मानिसहरुको पनि गुनासो रहेको भन्दै उनले पैसा कम उठाउने कि भनि प्रश्न गरे। ‘कुहिने र नकुहिने गरि छुट्टाउँदा २५ प्रतिशत फोहोरमात्र हुने रहेछ ’ उनले भने ‘फोहोर घटेपछि मूल्यपनि घट्नुपर्ने माग बुझाउनेहरुले गर्नु भएको छ।’ त्यस्तै उनले घर घरबाट ४सयको दरले उठाएको पैसा राजश्वमा जम्मा भएको छ कि छैन भनि प्रश्न गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here