व्यवसायिक सहकार्य गर्दै अमट्रेड प्रालि र सजिलो सेवा

काठमाडौं, १ असार । लुमिनस ब्याट्री तथा ईन्भर्टरको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालि र सजिलो सेवाबीच व्यवसायिक सहकार्यको सम्झौता सम्पन्न भएको छ ।

अमट्रेड प्रालीका प्रमुख योगराज ढुङ्गाना र सजिलो सेवाका सह-संस्थापक कविश भक्त श्रेष्ठले त्रिपुरेश्वर स्थीत अमट्रेड प्रालिको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा डिलरसिप समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
अमट्रेड प्राली र सजिलो सेवाबिच व्यवसायिक साझेदारिका विविध पक्षमा छलफल गरिए पश्चात सम्झौता गरिएको बताइएको छ ।

सजिलो सेवाले हालसम्म विद्युतीय मर्मत, कम्प्युटर मर्मत, वाटर प्रुफिङ, सिकर्मीजस्ता सेवाहरु प्रदान गर्दै आएको थियो ।

कार्यक्रममा अमट्रेड प्रालिको तर्फबाट ढुङ्गानाले सजिलो सेवासँगको सहकार्यले लुमिनस पावर ब्याकअप सोलुसनलाई विशेष गरी नेपाली घरपरिवार र कर्पोरेट ग्राहकहरुमाझ पुग्न अझै मद्दत गर्ने विश्वास ब्यक्त गरे ।

त्यस्तै सजिलो सेवाका सह संस्थापक श्रेष्ठले आफु लुमिनस ब्रान्ड र अमट्रेड प्रालिसँग आबद्ध हुनपाउँदा आफु र सजिलो सेवाले गौरवान्वित महसुस गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here