मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड, बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता (पूर्णपाठ)

काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कुल बजेटको चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८३ करोड २० लाख ८० हजार बिनियोजन गरिएको मन्त्री शाहले बताएका छन् ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बिनियोजन गरिएको छ ।

मधेस प्रदेश सरकारले बिरामीलाई १ लाख अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिँदै कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवं ल्यापटप वितरणका लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि खर्च व्यवस्थापन मध्ये प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरुमा रहेको संचिति रकम ३८ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने ११ अर्ब ६१ करोड ९८ लाख प्राप्त हुने छ ।

समानिकरण अनुदानबाट संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ८१ करोड ५८ लाख, चालु आर्थिक वर्षको बिनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदानमार्फत संघीय सरकारबाट प्राप्त हुने ४९ करोड, समपुरक अनुदानमार्फत ७८ करोड, संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ८९ लाख २८ हजार हुने अर्थमन्त्री साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here