जनरल इन्स्योरेन्सको ‘जीआईसी नेपाल’ एप सञ्चालनमा, हातहातमा बीमा सेवा उपलब्ध गराउने उदेश्य

काठमाडौं, १ असार । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जीआईसी नेपाल नामक एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो चौथो साधारण सभाका अवसरमा सो एप सञ्चालनमा ल्याएको हो । बीमा सेवा सबैको हातहातमा उपलब्ध गराउने उदेश्यसहित सो एप सञ्चाल गरिएको कम्पनीले जानकारी दिएको छ ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७\७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७८\७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here