बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् ।

विहीवार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

सांसदहरूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा उठाएको प्रश्नमा उनीहरूले जवाफ दिन लागेका हुन् ।

मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएसँगै बजेट पास हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here