सुनचाँदीको भाउ बढ्यो

फाइलफोटो

काठमाडौं, ३ असार । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको हो । बिहीबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here