मस्कले गरे ट्वीटरबाट कर्मचारी कटौतीको संकेत

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरमा कर्मचारी कटौतीको संकेत गरेका छन् ।

ट्वीटरका कर्मचारीसँगको पहिलो बैठकमै उनले यस्तो संकेत गरेका हुन् । उनले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने प्रस्ताव स्वीकृत भएको अवस्थामा कर्मचारी कटौती गर्ने बताएका छन् ।

बैठक शुरु भएको १० मिनेट पछी जोडिएका मस्कले वाक स्वतन्त्रता, रिमोट बर्किन लगायतबारे चर्चा गरेका थिए ।

उनले गत अप्रिलमा ट्वीटरसँग जोडिएपछी पहिलो पटक कर्मचारीसँग कुराकानी गरेका हुन् ।

‘कम्पनी स्वस्थ हुन आवश्यक छ’, उनले भने ‘र अहिले राजस्व भन्दा लागत बढी छ ।’ कर्मचारी कटौती कम्पनीको आर्थिक अवस्थामा भर पर्ने बताए ।

साथै कम्पनीलाई महत्वपूर्ण योगदान दिइरहेका कर्मचारीले भने त्यसबारे चिन्ता नगर्न भने । साथै कोही असाधारण नभएसम्म कार्यालयबाट काम गर्ने आफ्नो प्राथमिकता रहेको सुनाए ।

संसारकै धनीमध्येका एक मस्कट्विटर प्लाटफर्ममा भएका फेक अकाउण्टहरुको बारेमा विवरण दिन नसकेकमा आफू खरीद प्रस्तावबाट पछि हट्ने मस्कले चेतावनी दिएका छन् ।

कम्पनीले आफ्ना प्रयोगकर्ताको सही विवरण नदिएको उनको आरोप छ । केही विश्लेषकहरुले फेक अकाउण्टलाई मस्कले आफूले प्रस्ताव गरेको मूल्यमा बार्गेन गर्नका लागि प्रयोग गर्न सक्ने आँकलन गरेका छन् ।

बैठकमा उनले कम्पनी खरिद गर्नेबारी बाँकी जानकारी भने दिएनन । ट्वीटरका कर्मचारीहरुले व्यापार कर्मचारी क्षतिपूर्तिमा उनको विचारको बारेमा आफ्नो निराशा व्यक्त गर्नतर्फ लागे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here