जनताले जिताईदिए अब साच्चै जित्ने पालो बालेनको

जितेन्द्र खनाल

देशको रक्षा गर्ने जती सबै चुकिया छन्
नेताजती सबै चोर देश लुटी खाछन्,

आमाको सारीमा, कट्टु सोची मुतिराछन्,
खानेबेला एक, गर्ने बेला फुटिराछन्,

आजभन्दा ठ्याक्कै दुई वर्षअघि बालेन्द्र साहउर्फ बालेन साहले गाएको ‘बलिदान’नामको गीत उनको चुनावी क्याम्पेनमा सबैभन्दा धेरै चर्चामा रह्यो, जसले उनको चुनावीक्याम्पेनलाई निकै सहयोग पनि ग-यो ।

उनले आफ्ना पछिल्ला रचनाहरुमा सत्ता र सरकार प्रति व्यापक असन्तुष्टी व्यक्त गर्दै आएका थिए ।

मलाई बोल्न दे सरकार, अपराध हैन
मन खोल्न दे दरबारको म श्राप होइन

मन खराब छैन, सही बोल्न डराउँदिन
कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा

बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँ–गाउँबाट उठ युवा कलम थामी

गाई त बाध्यौं ढुंग्रोमा मही छैन, मही छैन
गरिबको चमेली बोल्दिने कोही छैन

उनै र्यापर साहले देशको सत्तारूढ र प्रमुख प्रतिपक्षिका उम्मेदवारलाई विशाल मतान्तरले पछि पार्दै राजधानी महानगरको मेयरका रूपमा आफ्नो भूमिका सुनिश्चित गरेका छन् ।

पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेक साहले आफ्नो इन्जिनियरिङ भारतको बैंग्लोरमा पुरा गरेका थिए ।

काठमाडौं राम्रो नहुनुमा काडमाडौंका मेयरको व्यवस्थापन राम्रो नभएको र आफू मेयर भएको केही समयमै काठमाडौैको फोहोर व्यवस्थापन र खानेपानीको समयस्या समाधान गर्न सक्ने अभिव्यक्ति बारम्बार दोहो¥याएरका साहलाई काठमाडौंबासीले विश्वास गर्दै सत्ता गठबन्धन भन्दा २० हजार बढी मत दिएर जिताईदिए ।

मेयर पदमा विजयी भएका बालेनको मुख्य परिक्षा भने बल्ल सुरु भएको छ । हिजो र्यापरको रुपमा रहदाँ जुन प्रकारको असन्तुष्टी राख्दै आएका थिए, ती असन्तुष्टी पुरा गर्दै स्वच्छ, सफा र सुन्दर काठमाडौं निर्माण गर्ने चुनौति समेत छ ।

बालेन स्वतन्त्र व्यक्ति हुन् । अन्य सबै वडामा विभिन्न वडामा राजनीतिक दलका व्यक्ति निर्वाचित भएको कारण ति सबै प्रतिनिधीलाई खुशीपार्दै काम गर्नुपर्ने चूनौति उनका सामु छ । यसले उनलाई थप चुनौैतिको सामना गर्नुपर्ने देखिन्छ ।

चुनौतीलाई अवसरमा बदल्ने सुवर्ण अवसर समेत उनीसँग छ । ठूलाठूला मेट्रो रेल, मोनो रेल भन्दा पनि फोहोर व्यवस्थापन र खानेपानी व्यवस्थापनमा तत्काल काम गर्न मात्रै सक्ने हो भने पनि शाहको लागि मतदाताले देखाएको विश्वासमा केही हदसम्म न्याय हुन्छ ।

साहले व्यक्त गर्दै आएका अभिव्यक्ति, योजना र घाषणा पत्रलाई हेर्ने मात्रै हो भनेपनि मेयर पद उनको लागि ठूलो चुनौति हुने पनि देखिदैन । साहले आफ्नो घोषणपत्र र योजनाअनुसार नै काम गर्ने हो भने नेपाली राजनितीमा नयाँ आयाम समेत आउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here