एआईजी विश्वराज पोखरेलको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १३ गते

काठमाडौं, ५ असार । आइजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखेको हो ।

सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतवार अधिवक्ताहरु पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, रमेश बडालसहितका वकिलहरुले बहस गरेका थिए ।

अब आगामी असार १३ गते सो मुद्दामा विपक्षीहरुको तर्फबाट सुनुवाइ हुनेछ । हेर्दा हेर्दैमा राखिएको मुद्दामा आइतवार बहसका क्रममा अधिवक्ताहरुले आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको स्वविवेकीय अधिकार नहुने तर्क गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here