इन्धनको मूल्यमा चर्को वृद्धि, पेट्रोलको मूल्य २ सय नजिक

काठमाडौं, ५ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।

त्यसैगरी, डिजल र मट्टीतेलमा २७ रुपैयाँ प्रतिलिटरले बढाएर १९२ रुपैयाँ बनाएको छ । नयाँ मूल्य आइतबार राती १२ बजेदेखि नै लागु हुनेछ ।

यद्यपि चर्को मूल्य वृद्धि गरे पनि प्रतिलिटर करीब १४ रुपैयाँले आफूले घाटा भोगिरहेको निगमले बताएको छ ।
हवाइ इन्धनतर्फ आन्तरिकमा रु. १९ ले मूल्य बढेर रु. १८५ प्रतिलितर र बाह्यतर्फ प्रतिकिलोटिर १०० डलरले बढेर १६४५ प्रतिलिटर पुगेको छ । ग्यासको मूल्य भने बढेको छैन ।

इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न बाँकी वक्यौता असार ९ गते सम्म रु. २२ अर्ब पुग्ने पनि निगमको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here