नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

काठमाडौं, ६ असार । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए ।

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो।

पर्यटनमन्त्री आलेले उनलाई आफ्ना मानिसहरुको सूची दिएर निगममा जागिर लगाइदिन भनेको चर्चा छ। तर आलेले भने यसबारे केही बोलेका छैनन्।

आफ्नो काम नगरेपछि ‘क्रुद्ध’ पर्यटनमन्त्री आलेकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले निलम्बनमा जाने गरी छानबिन समिति गठनको निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here