यी खोला/नदीमा बाढीको सम्भावना उच्च, सतर्क रहन आग्रह

फाइलफोटो

काठमाडौं, ८ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरु भएको छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

वर्षाको सम्भावना रहेकाले केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेको छ । जुनसुकै बेला बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको छ ।

केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज आज देशका प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here