२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

फाइलफोटो

काठमाडौं, ९ असार । सरकारले सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवारदेखि देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।

त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ । देशमा ५–११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here