एड्सबाट सन् २०१८ मा ७७ हजारकाे मृत्यु, पछिल्लाे ९ वर्षमा ३३ प्रतिशतले घट्यो

अझै तीन करोड ७९ लाख एचआईभी संक्रमित

काठमाडौं, १ साउन । संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएन एड्सले हालसालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो ९ वर्षमा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या एक तिहाईले घटेको छ ।

युएन एड्सले मंगलवार सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार एचआईभी/एड्सबाट सन् २०१८ मा विश्वभरमा ७७ हजार मानिसको मृत्यु भएको थियो जुन सन् २०१० को भन्दा ३३ प्रतिशतले कम हो ।

त्यस्तै प्रतिवेदनले पछिल्लो ९ वर्षमा एचआईभी सक्रमितहरुको संख्यामा १६ प्रतिशतले कमी आएको पनि बताएको छ ।

सबैभन्दा धेरै एचआईभी सक्रमीतहरुको संख्या भएको पुर्वी र दक्षिण अफ्रिकामा एड्सको कारण मृत्यु हुनेको संख्यामा कमी आएको यूएन एड्सले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै सन् २०१८ मा १७ लाख नयाँ व्यक्तिहरु एचआईभी सक्रमित भएको पनि प्रतिवेदनले बताएको छ ।

यूएन एड्सले गरेको विश्वभरका एचआईभी संक्रमीतमा गरेको अध्ययन अनुसार पूर्वी र दक्षिणी अफ्रिकामा मात्रै सन् २०१० को तुलनामा एचआईभी एड्सको कारण मृत्यु हुनकोे संख्यामा ४० प्रतिशतले कमी आएको छ ।

त्यस्तै पश्चिमी र मध्य अफ्रिकामा यो संख्या २९ प्रतिशतले घटेको छ । सबसहारा क्षेत्रभन्दा बाहिर एड्ससम्बन्धित मृत्युमा २९ प्रतिशतले कमी आएको छ भने पूर्वी यूरोप र मध्य एशियामा ५ प्रतिशतले बढेको छ भने मध्य पूवै र उत्तरी अफ्रिकामा ९ प्रतिशतले बढेको छ ।

एचआईभीबाट मृत्यु हुनेको संख्या घट्नुको मुख्य कारणसमाजको धारणा परिवर्तन तथा उपचारमा पनि बढी ध्यान दिनु युएन एड्सको ठम्याइ छ ।

त्यस्तै हाल विश्वभरमा तीन करोड ७९ लाख मानिसहरु एचआईभी संक्रमीत भएको युएनएड्सले बताएको छ । सन् संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यहरु अन्तर्गत सन् २०३० सम्ममा एचआईभी एड्सबाट महामारीकै रुपमा मानिसको मृत्यु हुने अवस्था अन्त्य गर्ने गरी युएनएड्सले काम गरीरहेको पनि बताएको छ ।

प्रतिवेदन अनुसार एचआईभी संक्रमितको अवस्थामा केही सुधार देखिएपनि संसारमा अझै एचआईभीका नयाँ सक्रमीतहरु थपिदै गएका कारण लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here