मञ्जुश्री फाईनान्सको हेटौंडा शाखा उद्घाटन, शाखा संख्या २६ पुग्यो

काठमाडौं, १७ असार । मञ्जुश्री फाईनान्स लिमिटेडले हेटौंडा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

मञ्जुश्रीले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं -०४, स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको हो ।

मञ्जुश्री फाईनान्स लिमिटेडकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् । शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदी लगायतको सहभागिता रहेको थियो ।

यो सँगै मञ्जुश्री फाईनान्सको शाखा संख्या २६ पुगेको छ ।

२०७८ जेठ मसान्तसम्म रु. १ अर्ब ३५ करोडचुक्ता पूँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु १०.९६ अर्व निक्षेप संकलन गरि रु १०.९३ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

यो पनि

मञ्जुश्री फाईनान्सको कलंकी शाखाको औपचारिक उद्घाटन

मञ्जुश्री फाईनान्सको गोंगबु शाखाको उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here