नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सुविधा, धरौटी राख्नु नपर्ने

क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोनमा पनि रोमिङ सुविधक उपलब्ध गराएको छ । हालसम्म पोष्टपेड फोनमा मात्र रोमिङ (विदेशमा पनि चल्ने) सुविधा दिएको टेलिकमले कम्पनी १५ वार्ष पूरा गरेको अवसरमा नयाँ सुविधाको घोषणा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यो सेवाको मंगलवार शुभारम्भ गरे ।

प्रिपेड फोनमा रोमिङ सेवा प्रयोग गर्नका लागि ग्राहकले कुनै धरौटी राख्नु नपर्ने व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो मोबाइलमा भएको ब्यालेन्स बराबरको रोमिङ सेवा प्रयोग गर्न पाउनेछन् । पोष्ट पेड फोनका ग्राहकहरुले भने १० हजार रुपैयाँ धरौटी राखेर रोमिङ मोबाइल सुविधा लिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here