एमालेले थप्यो एक सिट, बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी

काठमाडौं, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेका उम्मेदवारहरूले जितेका छन्।

मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवर निर्वाचित भएका हुन्।

मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।

नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here