मधेस प्रदेशमा कृषि कर्जा ३७.२९ प्रतिशत बढ्यो, दूध, मासु र अण्डा उत्पादनमा वृद्धि

फाइलफोटो

काठमाडौं, २७ असार । मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन अनुसार कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ४ खर्ब २४ अर्ब १४ करोड प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा ३७२९ प्रतिशतले बढी हो ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १३.२४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ४७ अर्ब ९ करोड पुगेको छ ।

मधेश प्रदेशबाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २६.८५ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ६.६१ प्रतिशत रहेको छ ।

कुल कर्जा प्रवाह तर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३७.३४ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ४.९७ प्रतिशत रहेको छ ।

यस प्रदेशमा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात औसतमा १७१.६५ प्रतिशत रहेको छ ।

समिक्षा अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ०.१० प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा ०.८५ प्रतिशत र फलफूल तथा मसलाले ढाकेको क्षेत्रफलमा १.७९ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०४ प्रतिशतले ह्रास आएको छ भनेतरकारी तथा बागवानी उत्पादनमा ०.७५ प्रतिशत, फलफूल तथा मसला उत्पादनमा २.०५ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिमा पशुजन्य उत्पादन तर्फ दूध, मासु र अण्डाको उत्पादनमा क्रमशः ०.४५ प्रतिशत, ३.१४ प्रतिशत र ५.५९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी माछाको उत्पादनमा ५.४८ प्रतिशतले वृद्धि भएको छ ।

वनजन्य उत्पादन अन्तर्गत् काठको उत्पादनमा १८.४६ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादनमा ३३.८१ प्रतिशतले ह्रास आएको छ ।

२०७८ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा रु.५० अर्ब १ करोड कर्जा प्रवाह भएको छ जुन कुल कर्जाको ११.७८ प्रतिशत हुन आउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here