प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पेश गर्ने तयारी

फाइलफोटो

काठमाडौं, २९ असार । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा नागरिकता विधेयक, २०७९ पेस गर्ने आजको सम्भावित कार्यसूची छ ।नागिरकता विधेयक बहुप्रतिक्षित भए पनि लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

संसदमा यसअघि प्रस्तुत नेपाल रेल्वे विधेयक, २०७९ मा सांसदहरूले संशोधन अघि सारेका छन् । त्यसलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गर्ने अर्को कार्यसूची पनि आजको छ ।

संसद् सचिवालयका अनुसार, आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका सम्भावित कार्यसूची पनि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here