बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, साउनमा पनि नबढाउने सहमति

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

त्यसपछि ब्याजदर यथावत रहँदै साउन पनि सोही ब्याजदर कायम रहने भएको हो । ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको निष्कर्ष निकाल्दै बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् ।

वाणिज्य बैंकहरूले गत फागुनमा निक्षेपको ब्याजदर बढाएका थिए भने चैतदेखि यता स्थिर राखेका छन् । असारको जस्तै साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here