भोली भारत भ्रमणमा जाँदै प्रचण्ड

काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेका हुन् ।

उनलाई नेपालस्थित भारतीय राजदूतले भारत भ्रमणको निम्तो हस्तान्तरण गरका थिए । नेपालको राजनीतिमा अहिले ठूलो उतार चढाव छैन । यस्तो अवस्थामा हुन लागेको उनको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

खासगरी हालै चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुखको चार दिने लामो नेपाल भम्राण् लगत्तै प्रचण्ड भारत जान लागेका हुन् । प्रचण्ड शुक्रबार दिउँसो १ बजे नयाँदिल्ली जाने छन् । भारतमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने तयारी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here