ओली-बालेन भेटपछि विष्णु पौडेलको ट्वीट, यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य

काठमाडौं, ३० असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमार्फत् यममुद्ध नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र रहेकोले उनको सालिक बनाउने निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो ।

तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ’, पौडेलले ट्वीटरमा लेखेका छन् ।

महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।

बुधबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भइको थियो ।

मेयर बालेन पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन्।

ओली र बालेनबीचको यो दोस्रो भेट हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here