एक वर्षमा काम खोज्दै विदेशीए ६ लाख २८ हजार नेपाली, पहिलो गन्तब्य साउदी

३२ असार, काठमाडौं । एक वर्षको अवधिमा कामको खोजीमा विदेशिने नेपालीको संख्या ६ लाख २८ हजार नाघेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कोरोना भाइरसको महामारी कम भएसँगै उच्च बढोत्तरी भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असार ३० सम्म ६ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ ले बढी हो । यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य मुलुक साउदी अरब र कतार बनेका छन् ।

यस अवधिमा साउदी अरबका लागि एक लाख ८८ हजार ३९६ जना र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा सबैभन्दा कमले श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।

आव २०७७\७८ मा एक लाख ६६ हजार ६९८ जना र आव २०७६\७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here