सन्देश आदानप्रदानमा रोमाञ्चकता थप्न नयाँ ‘इमोजी’

काठमाडौं । फेसबुक ट्वीटर वा अन्य माध्यममा सूचना आदान प्रदान गर्दा तपाँई कतिको इमोजीको प्रयोग गर्नुहुन्छ ? यदी इमोजीको प्रयोगमा अभ्यस्त हुनुहुन्छ भने तपाँईले थप नयाँ इमोजी प्रयोग गर्न पाउनुहुने भएको छ । इमोजीले सन्देश आदान प्रदानमा रोमाञ्चकता प्रदान गर्नुका साथै सन्देशको भाव वा पठाउनेको व्यवहार बुझ्न मद्दत गर्छ ।

यसैक्रममा इमोजीको लोकप्रियताका कारण हल्लाइरहेको टाउको, मायाको रङ र एक हाँसलगायतका इमोजीहरु यस वर्ष रिलीज हुने तयारीमा छन् ।
युनिकोड समूहको सूचीमा अहिले ३१ नयाँ इमोजीहरू समावेस गरिएको छ । जसले मेसेज तथा अनलाइन सन्देशहरूको भाव अनुसार प्रयोग गर्न सकिन्छ ।
यो गत वर्षको ११२ इमोजीहरू भन्दा धेरै सानो रिलीज हो, जसमा गर्भवती, एउटा बैसाखी र कम ब्याट्री चिन्ह समेत समावेश गरिएको थियो ।

यी इमोजीबारे धेरै जसो अनलाइनमा सकारात्मक प्रतिक्रिया भेटिएको छ।

इमोजीहरू रिलीज हुनु अघि स्वीकृतिको अन्तिम चरणमा रहेका छन् । यी इमोजी आगामी सेप्टेम्बरमा सार्वजनिक गरिने बताइएको छ । इमोजी सन्दर्भ वेबसाइट इमोजीपिडियाका अनुसार केही इमोजीहरूले अन्तिम संस्करण सम्म नपुगेपनी धेरै जसो इमोजी अन्तिम चरणमा पुग्ने लगभग कन्फर्म छ ।

हाँसको इमोजीलाई आधुनिक इन्डी गेमिङ हिट अनटाइटल्ड गूज गेमसँग तुलना गरिएको छ । जसले खेलाडीहरूले डरलाग्दो हाँसलाई आफ्नो नियन्त्रणमा लिएको देख्छ।

यहाँ देखिएका डिजाइनहरू इमोजीपिडिया द्वारा १५.० रिलीजको लागि डिजाइन गरिएका नमूनाहरू हुन्। एप्पल, गुगल र सामसुङलगायतका कम्पनीहरूले इमोजीका लागि आफ्नै डिजाइन बनाउनुपर्छ।

छनौट गरिएका इमोजीहरू युनिकोड कन्सोर्टियम, क्यालिफोर्नियामा रहेको गैर(लाभकारी संस्थाद्वारा चयन गरिएका हुन्। इमोजिपिडियाका मुख्य सम्पादक किथ ब्रोनीले यस वर्ष इमोजीहरूको सानो संख्या छनौट भएको बताए। युनिकोड इमोजी उपसमितिले इमोजी किबोर्डमा के जान्छ भनेर विचार गर्न थप समय लिन चाहन्छ,ू उनले भने। “विगतका वर्षहरूमा पनि समितिले धेरै चीजहरू थपिएका थिए ।

‘उनीहरू हेर्न चाहन्छन् कि हामीले के थप्न सक्छौं जुन प्रतीकहरूको प्रतिनिधित्व गर्न जाँदैछ जुन हामीले थाहा पाएका छौं वा हामीले भोगेका अनुभवहरू ( अनुहार हल्लिएको वा गुलाबी मायाको हृदय जस्ता चीजहरू।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here