प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेहका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र भारती विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिल्ली पुगेका दाहालले उच्च राजनीतिक नेतासँगको भेटलाई तीव्रता दिएका हुन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणमा भारत भ्रमणमा गएका दाहालले शनिबारदेखि नै भेटवार्ता थालेका हुन् । भेटपछि नेपाली भाषामा ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने बताएका छन् ।

दाहाललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको उनको भनाई छ । छिमेकी देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको उनले बताए ।

‘भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ। आर्थिक सहकार्यमा केन्द्रित भएर हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ’’, जयशंकरले ट्वीटरमा लेखेका छन् ।

अध्यक्ष प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण गरेको बताएका छन् । शनिबार बिहान अध्यक्ष दाहालले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग दिल्लीमै भेट गरेका थिए । उनले आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here