भारतमा ब्याज घट्यो, नेपालमा ब्याजदर बढिरहेको समयमा भारतमा ०.२५ प्रतिशतले घट्यो, के गर्ला राष्ट्र बैंक ?

क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । भारतिय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ । नेपालमा उच्च ब्याजदर घटाउन चर्को माग भइरहेको बेला आइबीआईले ब्याजदर घटाउने निर्णंय गरेको हो ।
बिहीबार आरबीआई गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा बसेको मौद्रिक नीति समितिको बैठकले ० दशमलव २५ बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हो । यो निर्णयपछि रिपो दर ६.२५ कायम भएको छ ।

आरबीआईको बैंकलाई प्रवाह हुने ऋणको ब्याजदर (रिपो दर) घटाउने बिहीबारको निर्णयले बैंकहरूको लागत घट्न गई सर्वसाधारणले लिने रिटेल कर्जाको ब्याज पनि कम हुने अपेक्षा गरिएको छ । यसबाट विशेष गरी घर कर्जा सस्तो हुन गई मन्दीको अवस्थाबाट गुज्रिरहेको भारतको रियल स्टेट क्षेत्रमा पुनः चहलपहल बढ्ने अनुमान पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here