झापाको चिया बगानमा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला परेको छ।

झापामाको केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको हो।

पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

उनिहरु शनिबार दिउँसोदेखि हराएका थिए। तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।