पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ कार्यक्रम, बोटविरुवा कोषले उपलब्ध गराउने

काठमाडौं । विश्व सम्पदा क्षेत्रमा सूचीकृत आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिरमा ‘एक भक्त, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरिने भएको छ ।

आफ्ना तथा आफन्तजनको शुभकार्यमा पशुपति क्षेत्र विकास कोषले ‘एक भक्त, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

साउन १२ गते विहीवार बिहानदेखि शुरु हुने उक्त कार्यक्रममा सहभागि हुन इच्छुक भक्तजनले विकास कोष सम्पर्क राख्नु पर्नेछ ।

कोषद्धारा जारी सूचना अनुसार बोट विरुवा कोषले नै उपलब्ध गराउने छ । ट्रि-गार्ड भक्तहरुले आफै ल्याउनु पर्नेछ । ट्रि-गार्डको आकार लम्बाई ५ फिट र उचाई १ं.५ हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

ट्रि-गार्डमा भक्तहरुले आफ्नो नाम राख्न सक्नेछन् । ट्रि-गार्ड आफै ल्याउन नसक्नेले ५ हजार रुपैयाँ कोष जम्मा गर्नु पर्ने सूचनामा भनिएको छ । बोट विरुकोको मलजल र संरक्षण विकास कोषले नै गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here