बागमती प्रदेशका सार्वजनिक सवारीमा अब विद्युतीय भुक्तानी प्रणाली जडान गरिने

फाइलफोटो

काठमाडौं । बागमती प्रदेशका सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रणाली जडान गरिने भएको छ ।

बागमती प्रदेशले सोमवार एक सूचना जारी गर्दै प्रदेश भित्रको सार्वजनिक सवारीमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीको लागि सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

सार्वजनिक सवारी भाडा भुक्तानीलाई नगदरहित बनाउने भुक्तानी प्रणाली खरिदका लागि प्रस्ताव भाडा नियमावली २०७८ नियम १० को उपनियम(३) बमोजिन सेवा प्रदायक उपकरण छनोटको लागि प्रस्ताव आह्वान गरेको हो ।

इच्छुक कम्पनीले तोकिएको ढाँचा अनुसार साउन २५ गते भित्र सिलबन्दी पेश गर्न आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here