पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ, धार्मिक वृक्षको उद्यान बनाइने

काठमाडौं, १२ साउन । पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान नामक कार्यक्रम शुरु भएको छ ।

मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे

धार्मिक पर्यटकको मुख्य आकर्षण केन्द्र रहेको पशुपति मन्दिर परिसर लाई अध्यायान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न तथा पशुपति क्षेत्रलाई आकर्षक र रमणीय बनाउन यो अभियानले टेवा पुग्ने श्रेष्ठले बताए ।

पाशुपत क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ भने १ लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले गरेका छन् ।

रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा पनि ध्यान दिइएको छ । वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ ।

कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक भक्तजनले विकास कोष सम्पर्क राख्नु पर्नेछ ।

कोषद्धारा जारी सूचना अनुसार बोट विरुवा कोषले नै उपलब्ध गराउने छ । ट्रि-गार्ड भक्तहरुले आफै ल्याउनु पर्नेछ । ट्रि-गार्डको आकार लम्बाई ५ फिट र उचाई १ं.५ हुनु पर्नेछ ।

ट्रि-गार्डमा भक्तहरुले आफ्नो नाम राख्न सक्नेछन् । ट्रि-गार्ड आफै ल्याउन नसक्नेले ५ हजार रुपैयाँ कोष जम्मा गर्नु पर्नेछ ।

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ कार्यक्रम, बोटविरुवा कोषले उपलब्ध गराउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here