नेपालबाट भारत गयो ३ खर्ब ३१ अर्ब रेमिट्यान्स, भारतमा रेमिट्यान्स भित्रने टप १० मुलुकमा नेपाल

५ साउन, काठमाडौं । नेपालमा कार्यरत भारतीय नागरिकले एक वर्षको अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँ भारत भित्राएका छन् ।

विश्व बैंकको तथ्यांक अनुसार सन् २०१८ मा भारतीय नागरिकले विश्वभरबाट सबैभन्दा बढी रेमिट्यान्स आफ्नो मुलुकमा लगेका छन् ।

त्यसमध्ये भारतमा रेमिट्यान्स भित्रने स्रोत मुलुकमध्ये नेपाल पहिलो ८ भित्र पर्न सफल भएको छ ।

भारतीय नागरिकले एक वर्षको अवधिमा नेपालबाट ३ अर्ब १६ करोड डलर (करीव ३ खर्ब ३१ अर्ब रुपैयाँ) भारत भित्राएको तथ्यांकले देखाएको छ ।

नेपालले एक वर्षमा संसारभरबाट करीव १०\११ खर्ब रेमिट्यान्स प्राप्त गर्छ । त्यसको एक चौथाई रकम भारत नै फिर्ता हुने गरेको तथ्यांकले देखाएको छ ।

विश्व बैंकको तथ्यांक अनुसार भारतले यूएइबाट सर्वाधिक १३ अर्ब ८२ करोड ३० लाख डलर रेमिट्यान्स भित्राएको छ ।

त्यसपछि अमेरिकाबाट ११ अर्ब ७१ करोड ५० लाख डलर रेमिट्यान्स भित्रिएको छ ।

यसबाहेक साउदी अरेविया, कतार, बेलायत, ओमान, नेपाल, क्यानडा र अष्टेलिया भारतमा रेमिट्यान्स जाने टप १० मुलुक हुन् ।

भारतले एक वर्षको अवधिमा करी ७८ अर्ब ६० करोड ९० लाख डलर रेमिट्यान्स भित्राउन सफल भएको छ ।

यो संसारकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रने मुलुक हो । चीनमा ६७ अर्ब ४१ करोड ४० लाख डलर रेमिट्यान्स भित्रिएको छ ।

मेक्सिकोले ३५ अर्ब ६५ करोड ५९ लाख डलर रेमिट्यान्स भित्राउन सफल भएको विश्वक बैंकको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here